काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने शर्त राखेको उनको सचिवालयले जनाएको छ ।
शुक्रबार गौतमतको स्वकीय सचिव दीपक टमटाले वक्तव्य जारी जबज बाहेक अरु शर्त नराखेको जानकारी दिएका छन् ।“माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्कसवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्तबाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ,” उनले भनेका छन् ।
(एकीकृत समाजवादी)ले जबज नमाने आफू उक्त पार्टीमा नजाने उनले बताउँदै आएका छन् । त्यसो त (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले जबज नछोडेको बताउँदै आएका छन् ।