सप्तरी – कोरोना भाइरस संक्रमणबाट देशमा थप २३ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ हजार ७ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६७ हजार २७१ पुगेको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।