२५ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

काबुल – अफगानिस्तानमा शुक्रबार महिलाहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन् । शुक्रबार राजधानीमा काबुलस्थित राष्ट्रपति भवनबाहिर महिलाहरूको समूहले पुरुषसरह अधिकार पाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले बोकेका प्लेकार्डमा ‘एक साहसी सरकार जसमा महिला सहभागिता पनि होस्’, ‘महिला अधिकार, पुरुषसँग बराबर’ लगायतका नारा लेखिएको थियो ।अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै महिलाको अवस्थाका बारेमा चिन्ता व्यत्त, गरिएको छ । तर शुक्रबार महिलाहरू आफै आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन् । संयुक्त राष्ट्रसंघको रिपोर्टमा तालिबान कालमा शोषण, महिलामाथि प्रतिबन्धलगायतका विषय चिन्ताको विषय बनेको बताइएको छ । यसभन्दा पहिले तालिबान शासनमा महिलालाई पूरा शरीर ढाक्ने बुर्का अनिवार्य र दस वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो ।

पछिल्लो समय तालिबानी नेताहरूले महिलालाई कुनै प्रतिबन्ध नलगाइने बताउँदै आएका छन् । उनीहरूले इस्लामिक कानुन शरियाबमोजिम शासन चलाउने बताउँदै आएका छन् । तर महिलालाई कुन भूमिका दिने भन्नेबारेमा भने उनीहरूले केही स्पष्ट पारेका छैनन् । तालिबानले छिट्टै नयाँ सरकार घोषणा गर्ने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरले नयाँ सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]