१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

बैतडी – पछिल्लो समय बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो ।

विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको संख्या धेरै रहेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये दैनिक चार जना जतिलाई स्क्रब टाइफस देखिने गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । उनले भने, ‘केही समयअघिबाट दैनिक देखिने गरेका छन् ।’ जिल्ला अस्पतालबाट रेफर गरेका केही बिरामीहरूमा डेंगु पनि देखिएको अस्पतालले बताएको छ ।

केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशी बताउँछन् । ‘अनिवार्य परीक्षणले पनि बढी देखिएका छन्,’ उनले भने, ‘अस्पताल आउने ज्वरोका प्रत्येक बिरामीमा क्रब टाइफसको परीक्षण गरिरहेका छौं ।’ यस्तै जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या पनि बढेको छ । जिल्ला अस्पतालमा मात्र दैनिक २५ भन्दा बढी भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि पुग्ने गरेका अस्पतालले जनाएको छ । भर्ना गर्नुपर्ने अवस्थाका ज्वरोका बिरामीहरू पनि छन् । दिनमा ५ जनासम्मलाई अस्पतालमा भर्ना गर्नुपर्ने अहिलेको अवस्था रहेको सूचना अधिकारी पन्त बताउछन् ।

यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि भाइरल ज्वरोका बिरामीको संख्या धेरै छ । वर्षायाम सुरु भएसँगै भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । उनका अनुसार दैनीक २० जनाभन्दा बढी ज्वरोकै बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकहरूलाई भाइरल ज्वरो देखिएको उनले बताए । शुक्रबारसम्म मात्र १७ जना ज्वरोको बिरामी चेकजाँच गरेको उनको भनाइ थियो । वर्षात्को समयमा फोहर पानीको प्रयोग र गाउँमा कामकाजका बखत पानीमा धेरै समय भिज्न पर्ने बाध्यता रहेकाले भाइरल ज्वरोका बिरामी बढेको हुन सक्ने उनले बताए ।केही दिनयताबाट आफ्नो स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामीहरू अघिपछिको तुलनामा धेरै आउन थालेको पुरचौडी नगरपालिका–४ को भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुक बताऊँछन् । असारबाट सुरु भएर असोजसम्म भाइरल ज्वरो जस्ता रोगहरूको प्रकोप देखिने गरेको जिल्ला अस्पतालका डा. जोशी बताउँछन् ।

वर्षातमा पानीका मुहानहरू सफा नहुँदा पानीजन्य रोगहरू देखापर्ने गरेको उनले बताए । यो समयमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका उनी बताउँछन् । स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको डा. जोशीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]