०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २०, २०७८

गोरखा – गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । ‘भाैतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने ।

प्रालीले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ । संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाकाे व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिए । डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]