१५ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

काठमाडौँ – सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न र धम्कीपूर्ण भाषाको प्रयोग नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा नकरात्मक टीकाटिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्ति दिने गरी यही भदौ १८ गते गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिप्रति बारले ध्यानाकर्षण जनाएको हो ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा उल्लेख भएबमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रलाई कुण्ठित हुने गरी कुनै पनि निकायले जारी गरिएको विज्ञप्ति बारलाई मान्य नहुने उल्लेख छ ।

नेपालको संविधानको धारा १७ को उपधारा (२) को खण्ड (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । जसअनुसार राज्यभित्र हुने जुनसुकै क्रियाकलापको स्वस्थ टीकाटिप्पणी गर्न पाउने हकबाट कुनै पनि नागरिकलाई वञ्चित गर्न नपाउने विज्ञप्तिमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]