१५ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

सप्तरी – चीनसँग सीमा विवाद अध्ययन गर्ने संयोजकको जिम्मा सप्तरीका सिडियो जयनारायण आचार्यलाई, दार्चुलाका जयसिंह धामी प्रकरण छानविन जिम्मा पाएका जनार्दन गौतमलाई सप्तरीको सिडिओ को जिम्मा दिएको हो ।

सरकारले हुम्लामा मुलुकको सीमा मिचिएको नमिचिएकोबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न बनाएको समितिको संयोजकको जिम्मेवारी सहसचिव जयनारायण आचार्यलाई दिएको छ । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका आचार्यलाई समितिको संयोजकको जिम्मेवारी दिइएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

चीनसँग सीमा विवाद अध्ययन गर्ने संयोजकको जिम्मा पाएका सप्तरीका सिडियो जयनारायण आचार्य (वाँया) र, उनको स्थानमा दार्चुलाका जयसिंह धामी प्रकरण छानविन जिम्मा पाएका जनार्दन गौतम (दायाँ) लाई सप्तरीको सिडिओ को जिम्मा गृहमन्त्रालयले दिएको छ
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले हुम्लाको नामखा गाउँपालिकाको पिनी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय गरेको थियो । कांग्रेसका नेताहरु विमलेन्द्र निधि र जीवनवहादुर शाहीको दवावमा सरकारले यस क्षेत्रमा सीमा मिचिएको नमिचिएको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

अघिल्लो सरकारले चीन सँग नेपालको सीमा विवाद नरहेको प्रष्ट पारिसकेको र उत्तरी छिमेकी मुलुक चीनले पनि नेपालसाग आफनो कुनै सीमा विवाद नरहेको प्रष्ट पारिसकेको सन्र्दभमा कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले समिति गठन गरेपछि राजनीतिक र कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयले स्पष्ट गरिसकेको विषयमा अध्ययन गर्ने मन्त्रिपरिषद्को निर्णयले चीनसँग कूटनीतिक सम्बन्ध चिसिने चिन्ता ब्यक्त भईरहेको छ । चीनियाँ राजदूतवास शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै नेपालसँग कुनै सिमा विवाद नभएको जनाएको छ । चिनियाँ दूतावासका प्रवक्ता लुअन सिउतानले जारी गरेको विज्ञप्तीमा केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर पहिले नै यस विषयमा स्पष्ट पारिसकेको समेत उल्लेख गरेको छ ।

कांग्रेस नेता जीवनवहादुर शाहीको टोलीले २०७७ असोजमा नाम्खा क्षेत्रको स्थलगत भ्रमण गरेर चीनले सिमाना मिचेको निष्कर्षको प्रतिवेदन पार्टी केन्द्रीय कार्यसमितिलाई बुझाएको थियो । प्रतिवेदन बुझेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गत वर्षकै असोज २८ गते पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए । जसलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र पठाउँदै खण्डन गरेको थियो  ।

तत्कालीन सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०७७ असोज ७ मा चीनले नाम्खाको सीमा क्षेत्रमा निर्माण गरेका भवन उसकै भूभागमा पर्ने प्रस्ट पारेका थिए । तर पनि शाहीले सीमा मिचिएको दावी गर्न छोडेका थिएनन । कांग्रेस नेता शाहीले केही समयअघि कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्र शाहीलाई लिएर केन्द्रीय सरकारको सहमतिबिना उक्त सीमा क्षेत्रमा पुगेका थिए ।

पछिल्लो समय कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि नाम्खाको सीमा क्षेत्रका विषयमा अध्ययन गर्नुपर्नेमा जोड दिँदै आएका थिए । तर यस विषयमा प्रधानमन्त्री देउवाले गठवन्धन सरकारमा सहभागी दल माओवादी केन्द्रसँग कुनै परामर्श विनै मन्त्रिपरिषद्को बैठकबाट अध्ययन समिति गठन गर्ने निर्णय लिएका थिए ।

सरकारले गठन गरेको समितिको संयोजकको जिम्मेवारीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सहसचिव जयनारायण आचार्यलाई दिएपछि सप्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर सहसचिव जनार्दन गौतमलाई पठाइएको छ । उनी दार्चुलामा ३३ वर्षीय जयसिंह धामी १५ साउनमा महाकाली नदी तर्ने बेलामा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृहमन्त्रालयले बनाएको छानबिन समितिका संयोजक सहसचिव थिए ।

समितिले मंगलबार मात्रै प्रतिवेदन बुझाएको थियो । गौतमको सरुवा गरिएको पत्र गृहमन्त्रालयले शुक्रबारनै दिइएको छ । २९ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेपछि बनेका गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारी सरुवा गरेको यो पहिलो हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]