२३ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

मेक्सिको सिटी – मेक्सिकोको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो ।

तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय विद्युत अबरुद्ध हुँदा अक्सिजन आपूर्तीमा असर गरेको थियो । मृत्यु हुनेमध्ये अधिकांश बिरामी आईसीयू र भेन्टिलेटरमा उपचारार्थ थिए । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादरले बिरामीको मृत्युबाट दुःखित भएको बताए । बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणलाई सुरक्षित क्षेत्रतर्फ जान उनले आग्रह गरेका छन् । अत्यधिक बाढीका कारण सो राज्यका गर्भनर बोकेको एउटा डुंगा डुबेको थियो ।

बाढीका कारण तुला सहरका तीस हजार भन्दा बढी मानिस प्रभावित छन् । बाढीले उत्तरी मेक्सिकोमा पनि ठूलो जनधनको क्षति पुर्‍यााएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]