१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

सप्तरी – १३ हजार ४५५ नमूना परीक्षणमा १६ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका १३ हजार ४५५ मा १६ सय ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९ हजार ७६७ नमूनाको पीसीआर र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १३ सय ४७ जनाको पीसीआर र २९३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ। यस्तै आज थप २१ सय ६१ जना कोरोनामुक्त भएका छन्। यो ९४.८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ छ। पछिल्लो २४ घन्टामा १२३२८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। बुधबार ४८८ जनाको आइसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]