१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

काठमाडौं – कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै सरोकारवालाले विद्यालयमा तत्काल भौतिक रूपमा पठनपाठन गर्न नहुने सुझाव दिएका छन् ।
शिक्षाविद्, नेपाल शिक्षक महासंघ, अभिभावक महासंघ, निजी विद्यालयको छाता संगठन (प्याब्सन), नेश्नल प्याब्सन,उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारी र भक्तपुर नगरपालिका, कठमाडौं महानगरका शिक्षा विभाग प्रमुखबीच बुधबार खबर एजुकेशन अनलाइनले आयोजना गरेको छलफलमा विज्ञहरूले दसैंतिहारअघि विद्यालय खोल्ने विषयमा हतार नगर्न सुझाव दिएका हुन्। संक्रमणको जोखिम कायम रहेको र बालबालिकालाई खोप लगाउन नसकिएको भन्दै उनीहरुले संक्रमणको दर कम भएपछि विद्यालय खोल्नुपर्ने धारणा राखेका थिए। यसका लागि कम्तीमा दसैंतिहारसम्म पर्खनुपर्ने उनीहरूको सुझाव छ।

‘शिक्षकको काम पढाउने हो तर, पढाउँदैनन्। शिक्षकले विभिन्न विकल्पको खोजी गरेर पढाउनुपर्छ। छिमेकमा, विभिन्न समूहमा विद्यार्थीलाई छुट्टाछुट्टै राखेर पनि पढाउन सकिन्थ्यो तर, उनीहरुलाई नपढाएरै तलब खाने बानी परेको छ।शिक्षाविद् विद्यानाथ कोइरालाले जोखिमको समयमा विद्यालय खोल्नुभन्दा पनि शिक्षण सिकाइलाई विभिन्न विकल्पबाट निरन्तरता दिनुपर्ने सुझाव दिए। उनले भने, ‘शिक्षकको काम पढाउने हो तर, पढाउँदैनन्। शिक्षकले विभिन्न विकल्पको खोजी गरेर पढाउनुपर्छ। छिमेकमा, विभिन्न समूहमा विद्यार्थीलाई छुट्टाछुट्टै राखेर पनि पढाउन सकिन्थ्यो तर, उनीहरुलाई नपढाएरै तलब खाने बानी परेको छ। साना कक्षामा पढ्ने भाइबहिनीलाई ठूला कक्षाका दिदीदाइले घरमै पनि पढाउन सक्छन्। विभिन्न विकल्पका बारेमा हामीले भनेका छौं। तर, पढाउने र शैक्षिक जग बनाउने विषयमा राज्यको निकायको उपस्थिति गतिलो हुन सकेन। यत्रो समय नभएको कक्षा जोखिम भएका उपत्यकाजस्तो ठाउँमा अहिले सञ्चालन गर्न हुँदैन।’

चाडबाड नजिकिँदै गर्दा विद्यालय खोल्न हतार गर्न नहुने विषयमा अर्का शिक्षाविद् धनञ्जय शर्मा पनि सहमत छन्। उनले व्यवस्थित तरिकाले मात्रै विद्यालय खोल्नुपर्ने बताए। उनले भने, ‘जोखिम कम भएका ठाउँमा विद्यालय क्रमिक रुपमा खोल्दै जानुपर्छ। विद्यार्थीलाई सहज ढंगबाट पठनपाठन गराउन केही समय ढिलो गरेर भए पनि स्वास्थ्य सुरक्षाको जोखिम नहुने गरी मात्र विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्नुपर्छ।’ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले विद्यालय खोल्ने विषयमा हतार गर्नुभन्दा पनि विद्यालय खोल्नुपूर्वका तयारीका विषयमा सचेत हुनुपर्ने बताए। उनले भने, ‘विद्यालय खोल्न शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्छ। स्मार्ट लकडाउन कार्यढाँचाअनुसार विद्यालय खोल्न सम्बन्धित पालिकाले बनाउने कार्ययोजना र यसको पालनाको आधारमा विद्यालय खोल्न सकिन्छ।’ उनले राजधानीमा जोखिम कायमै भएकाले हतारमा निर्णय लिन नहुनेब बताए। ‘यत्तिका समय विद्यालय खुलेका छैनन्। अब हतार गरेर खोल्नु हुँदैन। व्यवस्थित गर्नुपर्छ’, उनले भने।

यस्तै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले दसैं पनि नजिकिँदै गएकाले २१ दिन विद्यालय खोल्न हतार गर्न नहुने बताए। उनले भने, ‘कोभिड–१९ संक्रमणको जोखिम कायम रहेकाले अहिले विद्यालय खोल्नु उपयुक्त हुँदैन।’ विद्यार्थीले खोप लगाएका छैनन्। बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने आंकलन छ। भण्डारीले भने, ‘यस्तो अवस्थामा सहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षाभन्दा पनि वैकल्पिक विधिबाटै अध्यापन गराउनुपर्छ। न्यून जोखिम भएका पालिकाका विद्यालयमा क्रमिक रुपमा विद्यालय खोल्न सकिन्छ।’‘हामीले विद्यालय खोल्ने भनेर निर्णय गरेका छैनौं तर, विद्यार्थीलाई घरमै थुनेर राख्दा पनि विभिन्न मानसिक समस्या देखिएका छन्। हामीलाई अभिभावकबाटै छिटो विद्यालय खोल्नुपर्यो भनेर दबाब आइरहेको छ। मापदण्ड पूरा गरेर विद्यालय खोल्न र यसको अनुगमन गर्ने गर्नुपर्छ।’

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले विद्यालय खोल्ने नै भनेर निर्णय गरिनसकेको भए पनि अब बिस्तारै विद्यालय खोल्ने प्रक्रियामा जानुपर्ने बताए। उनले भने, ‘हामीले विद्यालय खोल्ने भनेर निर्णय गरेका छैनौं तर, विद्यार्थीलाई घरमै थुनेर राख्दा पनि विभिन्न मानसिक समस्या देखिएका छन्। हामीलाई अभिभावकबाटै छिटो विद्यालय खोल्नुपर्यो भनेर दबाब आइरहेको छ। मापदण्ड पूरा गरेर विद्यालय खोल्न र यसको अनुगमन गर्ने गर्नुपर्छ।’नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले अब बिस्तारै विद्यालय खोल्नुको विकल्प नभएको बताइन्। ‘विद्यालय बन्द हुँदा विद्यार्थीको पढ्ने बानी नै हराएकाले संक्रमणदर कम भएका ठाउँमा क्रमिक रूपमा विद्यालय खोल्दै जानुपर्छ’, उनले भनिन्, ‘शिक्षकहरुले खोप लगाइसकेको अवस्था छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न सकिन्छ। शिक्षक तयारी अवस्थामा छन्।’उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ( हिसान) का सचिव रामहरि सिलवालले विद्यालय नखोल्दा निजी शिक्षण संस्थाले ठूलो व्ययभारमा परेको बताए। उनले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले तलब खाइरहे पनि निजी विद्यालयका शिक्षकले तलब खाने अवस्था बनेको छैन। स्थानीय तहले आफ्नो क्षेत्रको स्कुल–कलेजको अवस्थाका विषयमा खासै चासो दिएका छै्रनन्, अनुगमन गरेका छैनन् त्यसैले विद्यालय खोलेर पठनपाठन सँगै हुने अन्य क्रियाकलापमा अघि बढाउन पनि विद्यालय खोल्नुपर्छ।’

त्यस्तै डा. बाबुराम मरासिनिले यो रोग कहिले सकिन्छ एकिन नहुने भन्दै विकल्प सहित विद्यालय सञ्चलनको तयारी गर्न सकिने बताए । उनका अनुसार दश वर्ष सम्म पनि जान सक्ने र खोप नै विकल्पहुने बताए । तसर्थ विद्यालय सञ्चालन गरे पनि स्वास्थ्य मापदण्ड सुरक्षा कार्यन्वयनमा विशेष ध्यान दिनु पर्ने बताए ।शिक्षाविद् मेदिन लामिछानेले तत्काल विद्यालय सञ्चालन गर्न नहुने बताए । उनले भने “विद्यालय सञ्चलन गर्दा सबै विद्यार्थी एउटै कोठामा राख्दा हावाबाट सर्ने सम्भावना बढी हुन्छ र हामिसँग प्रयाप्त कोठाहरु पनि हुँदैनन भएका कक्षाकोठामा राम्रोसँग हावा खेल्न पाउँदैन त्यसकारण अहिले विद्यालय खोल्न हतार गर्नु हुदैन ।”

सरकारले संक्रमणदर ५ प्रतिशतभन्दा कम भएमा मात्र विद्यालय खोल्न सकिने निर्णय गरेकाले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुरुप मापदण्डको पूर्णरुपमा पालना गरेर मात्रै विद्यालय खोल्नुपर्ने भएकाले अहिले हतार गरेर विद्यालय खोल्न नहुने निष्कर्ष विज्ञहरुको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]