०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

सप्तरी – सप्तरीसहितका मिथिला क्षेत्रका मैथिल हिन्दू धर्मावलम्बीहरुले चौरचन (चौठी चान) पर्व आज मनाउदै ।

भदौ शुक्लपक्षको चौथीका दिन यो पर्व मनाइने गरिन्छ । मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिएको छ ।

तीजको व्रत लिइने तृतीया तिथि सकिएर चौथी तिथि लाग्ने , तीजको एक दिनपछि चौरचन अर्थात् चौथी चन्द परेको हो ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सोही दिन साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घरमूली व्रतालुले फलफुल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिल परम्परा छ ।

खासगरि खिर, पुरी, दही र गच्छेअनुसारका अन्यमिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफुल चन्द्रमालाई देखाएर इष्टमित्रसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न गरिने मैथिल हिन्दू परम्परा छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले व्रत बसेर मिष्टान्न परिकार र फलफुल देखाएर दोष मेटाउने प्रचलन रहेको मैथिली संस्कृतिका जानकार बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]