०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २६, २०७८

कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै सुरु भएका हुन् ।

सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्णरूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा सुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रि पर्यटक बससेवा पुनः सुरु गरेको प्रालिका बजार व्यवस्थापक प्रह्लाद लोहनीले बताए। देशदर्शन बससेवा प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आएको छ । उक्त बस सेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै विभिन्न गन्तव्यका लागि छुट्नेछन् ।

गत वर्ष रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्दै आएको उक्त प्रालिले कोरोनासँगै आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नु अगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले जानकारी दिए। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो। राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बससेवा रोकिएका थिए।

हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]