२१ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

सप्तरी हनुमाननगर – दुई देशका उच्च अधिकारीहरू द्वारा सप्तरी कोशी बाँध स्पर निरीक्षण गरिएको हो ।

कोशी ब्यारेजमा नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले १ लाख केही हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबारका दिन पानीको बहाव एवं जलस्तिर सामान्य रहेपनी ,यस बर्षको मनसुनी वर्षा अझै पनि अन्त भई न सकेको र विपद जानकारी दिएर न आउने हुदा सतर्कता अपनाउनु पर्ने भएकोले सरोकारवाला सबैले यस तर्फ ध्यान दिनुपर्ने सप्तरी का प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

हाल साल मै सप्तरीमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारीले जिल्लाको बस्तु स्थिति बुझ्ने क्रम जारी रहेको बताएका छन । सोहि सिलसिलामा आज सप्तकोशी बाधको टिकुलिया स्थित ९.१८ नम्बरको र बनार्झुल्ला स्थित ९.७९ नम्बरको स्परको अवस्था र त्यहाँ हुदै गरेको रोकथामका काम हरु समेत परिक्षण गरेका छन । आज सप्तरी का प्रा जि अ जनार्दन गौतम ,प्रहरी उपरीक्षक राजेन्द्र धमला , सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ मोरंग ,सुनसरी सिचाई आयोजनाका निमित प्रमुख भिलानन्द यादव र भारतीय पक्षका स्कुटी इन्जिनियर अवधेश कुमार मंडल SDO नबिन कुमार इन्जिनियर पवन कुमार लगायत नेपाल र भारतिय संयुक्त टोली ले आज उच्च जोखिम भएका स्पर बाध निर्माणको अवस्था अवलोकन गर्नु भयो ।

प्रा जि अ गौतमले जोखिम न्यूनीकरण थप उपाय अपनाउनु र स्थानीय हरुका गुनासोहरुलाई सम्बोधन गर्न भारतीय टोलि लाई सुझाब दिएका छन । एक दसक अघि ब्यराज भन्दा माथि पश्चिम कुसहामा बाध फुटाउदा नेपाल र भारतमा थुप्रै जनधनको क्षति समेत भएको थियो । तसर्थ कोशी ब्यारेज र बाध लाई सुरक्षित राख्न प्राबिधिकले बिशेष सतर्कता अपनाउनु पर्छ ,सप्तकोशीले आफ्नो कोर्स बदल्दै आउनुका साथै बहाव घट बढ भई रहने भएकाले साथै चनाखो रहनु पर्ने कुरा प्र जि अ गौतमले के छ खबरलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]