०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

चितवन – चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकामा विजुलीका तार भूमिगत गरिने भएको छ ।

जस अनुसार पहिलो चरणमा पोखरा र भरतपुरमा तार भूमिगत हुने पोखरा र भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिए ।उनका अनुसार भरतपुर महानगरको नारायणगढ पुलचोक, चौबिसकोठी बसपार्क वाइसपास रोड, आपटारी हुँदै पुनः पुलचोकसम्म तार बिछ्याउने काम हुने छ । त्यसका लागि आसयपत्रपछि जारी भइसकेको छ । बोलपत्र आह्वानको तयारी छ ।

पोखरा र भरतपुरमा विजुली तार भूमिगत गर्न ४९ करोड ६८ लाख ३१ हजार ८९९ रुपैयाँ लाग्ने आयोजना प्रमुख झाले जानकारी दिए । टाटा प्रोजेक्ट लिमिटेडले ललितपुर र भक्तपुरमा तार भूमिगत गरिरहेको छ । यो लिमिटेडले भरतपुर र पोखरामा पनि तार भूमिगत गर्न आशयपत्र पेस गरेको छ ।आयोजनाका अनुसार भरतपुरमा ३३ केभीको नौ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत हुनेछ । यस्तै, पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

अब विद्युतको तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजनजस्ता सेवा प्रदायकहरुले सो अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]