२१ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले छात्राहरुका लागि नयाँ नियम बनाएको छ । यसअघि महिलाहरुको अधिकार र समानताका लागि प्रतिबद्धता जनाएको तालिबानले विद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको छ ।

उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँग बस्न नपाउने बताउनु भएको छ । उहाँले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताउनु भएको छ । यस्तै, उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको छ । महिला विद्यार्थीले शरीर पूरै ढाक्ने बुर्का लगाउनु पर्ने छ । यस्तै, पुरुष शिक्षकले पर्दा पछाडि बसेर महिलाहरुलाई पढाउनु पर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ । महिलाहरुलाई सरिया कानुन अनुसार अध्ययनका लागि अनुमति दिने तालिबानले स्पष्ट पारेको छ ।

यसअघि तालिबानले आफ्नो शासनकालमा महिलालाई उच्च शिक्षामा रोक लगाएको थियो । सन् १९९६ देखि २००१ को बीचमा अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला महिलालाई उच्च शिक्षामा तालिबानले रोक लगाएको थियो भने जागिर गर्न र एक्लै घर बाहिर निस्कन पनि रोक लगाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]