१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २८, २०७८

प्रदेश न.२ को जनकपुर धाम अन्तर्गत देवपुरा रुपैठा नोचा पोखरी मा आज जनस्वास्थ्य कर्मी को बृहत भेला सम्पन भएको छ ।

जनस्वास्थ्य कर्मी रमेश कुमार यादव को सहजीकरण मा संचालित भेला मा जनस्वास्थ्यकर्मी सम्बन्धी समसामयिक विषय को साथै जनस्वाथ्य कर्मी को हक हित को सुनिश्चिता को बारेमा मा बृहत छलफल भएको आयोजक समिति का जनस्वाथ्य कर्मी प्रमित कुमार साह ले जनाउनु भएको छ । जनस्वाथ्य कर्मी खुसबु झा का अनुसार यसप्रकार को भेला ले जनस्वाथ्यकर्मी हरु प्रोत्साहित हुने र उनीहरू बीच को एकता र समन्वय दिर्गकालिन रूप मा कायम रहने बताउनु भएको छ ।

यसभेला मा सहभागी हरु एकदमै उत्साहित भएको कुरा कार्यक्रम का उद्दघोसक आलोक नाथ झा ले जनाउनु भएको छ। आगामी दिन मा पनि यस्ता किसिम का विभिन्न किसिम का जनचेतना मुलक कार्यक्रम गरी जनस्वाथ्य एबम् जनस्वाथ्य कर्मी को पहिचान सुनिश्चित गर्ने जनस्वास्थ्य कर्मी रवीन्द्र कुमार यादव ले प्रतिक्रिया दिनु भएको छ ! उक्त कार्यक्रम मा ५० जना भन्दा बढी जनस्वाथ्य कर्मी को सहभागिता रहेको थियो ।

जनस्वास्थ्य कर्मी रमेश कुमार यादव का अनुसार जनस्वाथ्य कर्मी हरु ले , केन्द्रीय सरकार , प्रदेश सरकार सामाजिक विकास मन्त्रालय एबम् स्थानीय सरकार सँग समन्वय गरी आवश्यक परेको खण्डमा स्वयंसेवक को रूप मा पनि कार्य गर्न तयार रहनु पर्ने धारण व्यक्त गर्नु भएको छ । जनस्वाथ्य कर्मी मो. मकाबुल राईन का अनुसार जनस्वाथ्य पेसा छनौट गरी यस पेसामा आउनुभएका जनस्वाथ्य कर्मी को क्षमता अभिवृद्धि को लागि पहल गरिनु पर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ । जनस्वाथ्य कर्मी रोशन कुमार यादव का अनुसार प्रदेश न. २ मा पनि अरु प्रदेश जस्तै यस प्रदेश मा पनि स्वास्थ्य मन्त्रालय को गठन् हुनु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।

जनस्वास्थ्य कर्मी दुर्गेश कुमार यादव का अनुसार प्रत्येक स्थानीय तह मा कम्ती मा १ जना जनस्वाथ्य कर्मी को दरबन्दी कायम गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको र यसको लागि सम्पूर्ण जनस्वाथ्य कर्मी हरु को पहल नितान्त आवश्यक रहेको धारणा पनि व्यक्त गर्नु भयो । जनस्वाथ्य कर्मी जितेन्द्र नायक , राकेश कुमार यादव , नथुनी कुमार मण्डल , सुमन कुमार यादव , पुनम साह , ज्योति शर्मा लगायत अन्य सहभागी हरु ले जनस्वाथ्य कर्मी हरु जनस्वाथ्य कर्मी को हक हित को लागि विभिन्न किसिम का सकारात्मक धारणा व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]