दक्षिणकोरिया – उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ । उसले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । बीबीसीका अनुसार, उत्तर कोरियाले दुईवटा ब्यालिस्टिक मिसाइल हानेको जनाएको छ ।
जापानको कोष्ट गार्डले समेत उत्तर कोरियाले ब्यालिस्टिक प्रहार गरेको जनाएको छ । जापानी कोस्ट गार्डका अनुसार, समुन्द्रबाट एउटा वस्तु निकालिएको र त्यो ब्यालिस्टिक मिसाइल हुनसक्छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी महासागरमा क्षेप्यास्त प्रहार गरेको जनाएको छ । दक्षिण कोरिया र जापानले थप विवरण दिएका छैनन्।
तर, क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले परमाणु गतिविधिलाई रोक्न राष्ट्रसंघले बनाइएको विभिन्न प्रस्तावको उल्लंघन गरेको जनाइएको छ ।