०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

सप्तरी – नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ। यो वर्ष देशका सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

अधिकांश बैंकहरुले नयाँ नोट लगिसकेको विभागले बताएको छ। विकास बैंक तथा फाइनान्स कम्पनीले समेत नयाँ नोट लगिसकेका छन्। यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराइएको हो। हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन। यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुने जनाइएको छ।

विगतमा सुकिलो नोट पनि वितरण गरेकोमा यो वर्ष नयाँ नोट नयाँ नै वितरण गरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]