१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

काठमाडौँ – बाग्मति प्रदेशमा हालसम्म १८ लाख ७० हजार सात सयभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार एक सय एक जनाले कोभिसिल्ड, ११ लाख ७६ हजार दुई सय चार जनाले भेरोसेल तथा तीन लाख ४७ हजार चार सय १४ ले जोनसन एन्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका ३२ लाख ७८ हजार एक सय ७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन् ।बाग्मति प्रदेशमा २५ लाख ३८ हजार दुई सय २५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार सात सय ९२ अर्थात् १६ दशमलव ७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले भने ।

तीमध्ये हालसम्म चार लाख १० हजार दुई सय ६८ अर्थात् ९६ दशमलव ३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार तीन सय ७२ को मृत्यु भएको जनाइएको छ ।​​​​​​​ -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]