०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

भक्तपुर – टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर शनिबारदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ।

स्थानीय गुठियारहरुले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी, भैरवनाथको अर्को स्वरुप मसान भैरव जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म धुमधामका साथ मनाउँछन्। संस्कृतिकर्मी हरिशरण राजोपाध्यका अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे। त्यसपछि जयन्तलाई दुई हात पछाडी बाँधेर राखे। पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच संग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती छ।

भक्तपुर नगरको इताछे., तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछें लगायतका स्थानहरुमा शुक्रबार धार्मिक पूजाआज गरी विधिवत रुपमा यमोः द्यो ठड्याइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]