भारतमा पछिल्लो २४ घन्टामा थप ३० हजार ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३४ लाख ४८ हजार १६३ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३०९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४४ हजार ८३८ पुगेकाे छ ।यही अवधिमा ३८ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २६ लाख ७१ हजार १६७ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ८० कराेड ४३ लाख ७२ हजार ३३१ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।