१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

बेइजिङ – चिनियाँ सेनाले भारतीय सीमानजिकै तैनाथ वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार उपलब्ध गराएको छ । हिमाली क्षेत्रमा रहेको भारतीय सीमा नजिकैको सो युनिटको रात्रीकालीन सैन्य अभ्यासका लागि अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराएको हो ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित समाचार अनुसार रात्रिकालीन सैन्य अभ्यास र नयाँखाले हातहतियार र सैन्य उपकरण चिनाउन चीनको पिपुल्स लिवरेसन आर्मी पिएलएले यस्तो प्रयास गरेको हो ।शरद ऋतुको सुरुवातसँगै सिनजियाङका विभिन्न सैन्य बलले रात्रिकालीन सैन्य अभ्यासका लागि भारतीय सीमानजिकै रहेको करिब ५ हजार उचाईमा अत्याधुनिक उपकरणहरु पुर्‍याइरहेको पिएलए डेलीमा समाचार छ ।‘उच्च हिमाली क्षेत्रको चुनौतीपुर्ण वातावरण र सैन्य तालिम निकै कठिन हुने भएकोले हामीले हाम्रो तालिका र मागलाई परिमार्जन गरेका हौँ । त्यसैले अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराइएको हो’ कम्पनीका कमान्डर याङ याङले पिएलएसँग भनेका छन् ।

पिएलएका पुर्व प्रशिक्षक सङ जोङपिङका अनुसार पुरानो जेनेरेसनको जे–७ फाइटर जेटको सट्टा अत्याधुनिक जे–१६ बहुउपयोगी युद्दक उपकरणसँगै नयाँखाले पिएचएल ११ ट्रक, बहु प्रणालिमा आधारित स्वचालित १२२ मिलिमिटरका रकेट लन्चर आदि हिमाली क्षेत्रमा राखिएका छन् ।‘सबैखाले हतियार र उपकरणहरु नियमित ड्रिलमार्फत बारम्बार परीक्षण गर्नुपर्छ । र लडाकु विमानका लागि विशेषज्ञसँगै तालिम लिनुपर्छ’ सङले भनेका छन् । दी वेस्टर्न थिएटर कमान्डले सिनजियाङ र तिब्बती सैनिकलगायतले भारतसँगको आफ्नो सीमाको सुरक्षाको लागि आफैँ जिम्मेवार हुने बताएको छ ।

सन् २०१७ मा चीनको सेनाले भारतसँग जोडिएको हिमाली क्षेत्रको सीमा अवलोकलनका लागि डोक्लाम प्लेटमाथि अवलोकन पोष्ट निर्माण गरेको थियो । यसअघि बिहीबार भारतले चीनलाई हिमाली सीमा क्षेत्रबाट दुबै देशले सीमा सुरक्षा बल हटाउनु पर्ने प्रस्ताव राखेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]