०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – नेपालमा कहिले रोकिएला यौनहिंसाको घटना ? यसबारेमा मानवअधिकारको क्षेत्रमा खटिएका विज्ञहरु पनि अलमलमा छन् ।

चेतनामुलक कार्यक्रमका लागि बर्सेनि लाखौं रुपैयाँ खर्च गरिन्छ । अध्ययन र जनचेतनामुलक कार्यक्रमका नाममा कमाउनेले मनग्यै आम्दानी गर्छन् । तर यस्ता घटना रोकिनुको सट्टा झनै बढेका छन् । विशेषगरी बलात्कारपछि हत्या, यौनहिंसापछि हत्या गर्ने क्रम बढ्दो छ । अझ देशभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा महिलामाथि हुने यौन तथा हिंसाका घटनामा भने कुनै कमी आएको छैन । अब त यो अभियानमाथि नै प्रश्नचिन्ह खडा भएको छ । के यसले सही दिशा लिएको छ ? के यसमा गरिएको लगानी बालुवामा पानी हालेसरह त भएको छैन ? त्यस्तै भएको छ कपिलबस्तुमा । किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोप लगाएको परिवारले न्याय नपाएको बताएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारको आरोप छ । गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कारपछि पासो लगाई हत्या गरिएको मृतकका परिवारको आरोप छ।

स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ वर्षीय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफ्नी छोरीको बलात्कारपछि हत्या गरेको मृतकका बुबा अब्दुल गफ्फारले आरोप लगाएका छन् । एक जना महिलाले रातमा छोरीलाई बोलाएको र सेटिङ मिलाएर घटना गराइ मारेरमात्र रुखमा लगेर झुण्ड्याएको उनले बताए । घर वरिपरिको सबैलाई थाहा भए पनि प्रहरीमा आउन जान तथा दुस्मनी हुने कारणले कोही नबोलेको उनको गुनासो छ । गत २९ गते राति घरबाट एकाएक गायब भएपछि बिहान ४ बजेतिर छोरीको शव रुखमा पासो लगाएर झुन्डिएको परिवारले भेटाएको छ ।‘कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउँ कै आपको रुखमा छोरीलाई झुन्डिएको अवस्थामा भेटायौँ’ उनले भने ।

पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिनाअघि दुबैलाई संगै आफूले समेत भेटेको उनले बताए । त्यतिबेला आफूले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उनले बताए । आफूले पिन्टुलाई छोरीसंग आईन्दा नभेट्न र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्टुसहित ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ।गफ्फारका अनुसार छोरीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको र रुखको हांगामाथि हात थियो । चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पूरा नबाँधिएको अवस्थामा शव रहेको थियो । ‘हातको ठीक माथि रुखको हाँगा हुनु र चप्पलसमेत खुट्टामै हुनुले पनि छोरीको हत्या गरिएको हो’ उनले भने । उता पिन्टुको परिवारले भने युवतीले आफैँले आत्महत्या गरेको दाबी गरेको छ । प्रेम सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि आबेगमा आएर सबनामले आत्महत्या गरेको र आफूहरुलाई त्यसै फसाउन खोजिएको उनीहरुको भनाई छ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पोस्टमार्टमको रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको प्रतिवेदन स्वास्थ्य कार्यालय कपिलवस्तुबाट आएको बताए । अधिकारीले भने पीडक र पीडित पक्षले भनेका कुरा पत्ता लगाउने काम अदालतको भएको भन्दै आफूहरुले घटनाको बारेमा सोधपुछ र अनुसन्धान निरन्तर गरिरहेको बताए । उता अधिकारकर्मी मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले उक्त घटनाको निष्पक्ष छानवन गर्नुपर्ने बताए । ‘हामीले घटना घटेपछि प्रेस विज्ञप्ति निकालेर सम्वन्धित पक्षको ध्यान आकर्षण गराऔँ तर परिवारको कुरा र पोष्टमार्टमको नतिजाले घटनामा शंका थपेको छ ।’उनले भने, ‘आफूले स्थलगत अनुगमन गर्दा घटनाको प्रकृति हेर्दा हत्या गरी झुण्डाइएको जस्तो देखिन्छ घटनाको सुस्म अध्ययन गर्नुपर्ने आफुहरुको माग रहेको छ ।’

मृतक किशोरीको परिवारले भने मिलोमतोमा पोष्टमार्टम रिपोर्टमा आत्महत्या गराएको आरोप लगाएका छन् । हत्याको दिन राति कुकुर भुकेको र सो बेला उक्त किशोरीलाई लिएर गएको एक जनाले देखेको तर आफूलाई समस्या पर्ने भएकोले पछि उनले उक्त कुरा सार्वजनिक नगरेकोसमेत परिवारजनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]