काठमाडौं उपत्यकामा थप ४०२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौं उपत्यकामा ५३९३ सक्रिय संक्रमित छन्।
यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३०२८, ललितपुरमा ९४७ र भक्तपुरमा १४१८ रहेको मन्त्रालयले जनाएको छ।