काठमाडौं – गत असारयता काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो ।
महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएका छन् ।
गत आर्थिक वर्षमा (२०७७⁄७८) भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो ।