१६ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

काठमाडौँ – तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले बिचाराधिन अवस्थामा रहेको छ ।

अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए ।बिबिसीकाअनुसार त्यसका लागि तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसंघका लागि आफ्ना राजदूत नियुक्तसमेत गरेको छ । तालिबानको त्यस्तो अनुरोधलाई राष्ट्रसंघको एक निकाय क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ । जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन् ।

मंगलवार सुरु भएको महासभा आगामी सोमबार सकिनेछ । राष्ट्रसंघको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन् । महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ । यसअघि सन् १९९६-२००१ बीचमा पनि तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसंघमा राजदूतका रूपमा रहेका थिए ।

कतारले भने विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन दबाब दिदैँ आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]