१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

धनकुटा – ६ महिनादेखि बन्द सरकारी तथा निजी विद्यालय सोमबारदेखि खुलेका छन् । लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।

स्वास्थ्य सावधानीका विधि अपनाउँदै विद्यालय सञ्चालनको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थीले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर जिल्लाभरका विद्यालय सञ्चालनको अनुमति दिइएको उनले बताए । असोज १ देखि विद्यालय सञ्चालन गरिने भनिए पनि लगातारको सार्वजनिक बिदाका कारण सोमवारदेखि मात्र खुलेका हुन् । महिनौंसम्म घरैमा बस्न बाध्य बालबालिका पहिलो दिन विद्यालय आउँदा उत्साहित र खुसी देखिएको गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले बताए ।‘सीमित घेरामा रहेर अनलाइन माध्यममा पढ्ने बालबालिका खुला वातावरणमा विद्यालय पुग्दा मनोवैज्ञानिक रुपमा नै फरक देखिए’, मिश्रले भने, ‘स्वास्थ्य सावधानीका विधि अपनाएर पठनपाठन सञ्चालन गरिएको छ ।’

६ महिनापछि विद्यालय पुग्दा साथीहरुसँगको भेटघाटले खुसी लागेको बालसंसार बोर्डिङ स्कुलकी ३ कक्षाकी छात्रा उत्सवी अधिकारीले बताइन् । अनलाइनमा भन्दा कक्षा कोठामा बसेर पढ्दा बुझ्न सजिलो हुने अधिकांश विद्यार्थीको भनाइ छ । धनकुटा–४ छारागाउँस्थित मार्गेश्वरी प्राथमिक विद्यालयमा ८० प्रतिशत बढि बालबालिका उपस्थित रहेको प्रधानाध्यापक टेकबहादुर खत्रीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]