जुम्लाका ४२ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै छ । आगामी असोज ९ गतेबाट संक्रमणबाट जोगिनका लागि जुम्लामा १८ वर्ष माथिका ४१ हजार ६ सय ७६ जनालाई भेरोसेल खोप लगाउने तयारी भइरहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
उनका अनुसार जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने निर्देशनअनुसार १८ वर्ष माथिका ४१ हजार बढीलाई खोप लगाउने तयारी भएको हो । जिल्लाभरीका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्रबाट खोप दिइनेछ । पहिलो खोप लगाएकालाई दोस्रो डोज र खोपनै नलगाएकालाई पहिलो डोज लगाइनेछ । आबश्यकताका आधारमा स्वास्थ्यकर्मी, स्वयमसेविका, शिक्षक यूवालाई परिचालन गरिने छ ।कार्यालय प्रमुख सापकोटाले भने, “खोप अभिायन जुम्लामा असोज ९ गतेबाट सुरु हुनेछ । यहाँका ८ तहमा दुईचरणमा खोप लगाईने छ भने तालिम प्राप्त स्वास्थ्यकर्मी सहित जुम्लामा ५ सय ४७ जना स्वयम् सेविका परिचालन हुने छन् ।प्रत्यक पालिकामा खोप केन्द्र राखिँदै छ । जिल्लामा प्रतिष्ठानलाई खोप केन्द्र तोकिने छ ।”
१८ वर्ष माथिका सबैले खोप लगाउने भएकोले कोहि नछुटुन कोही नदोहोरिन भन्नका लागि प्रचार प्रशारमा जोड दिन जरुरी रहेको जनाइएको छ । प्रत्यक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रुपमा तोकिने जनाईएको छ । खोप लगाउन आउँदा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने, लगाउँदा संक्रमण हुने डर कम हुन्छ भनेर प्रचार प्रशार गर्न समेत मिडियालाई आग्रह गरिएको छ । हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आईपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको उचित भण्डारण गरिएको छ ।भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने नरहेको तर रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अनिवार्य भएको चिकित्सकले बताका छन् । हालसम्म जुम्लामा २४ हजार ६ सय ४८ जनाले खोप लगाएका छन । भने,१९ हजार ८ सय ४७ जनालाई पुर्ण खोप अर्थात दोस्रो खोपसमेत लगाइसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले सबै नागरिकलाई खोपको पहुँचमा पुराउने सरकारको लक्ष्य सफल पार्न सबै नागरिकलाई खोप लगाउन आग्रह गरिन् । १८ वर्ष माथिका सबै नागरिक खोपको पहुँचमा आउने गरि तयारी व्यापक गर्नसमेत प्रअिज प्रसाईंको अनुरोध छ ।