०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०८, २०७८

मुम्बई – भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ ।

उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् । उजुरीकर्ताले शोको एक एपिसोडमा केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा मदिरा पिएको अभिनय गरेको आरोप लगाएका छन् । त्यो बोतलमा ‘मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो’ भनि लेखिए पनि त्यसको पालना नगरेको दाबी उजुरीकर्ताको छ । उजुरीकर्तावाला वकिलले शिवपुरीको सीजेएम कोर्टमा उजुरी दर्ता गराएका थिए ।

‘सोनी टेलिभिजनमा प्रसारण हुने ‘कपिल शर्मा शो’ बकवास हो । शोमा मञ्चमा अदालत बनाइयो र सार्वजनिक रुपमा मञ्चमा कलाकारले मदिरा पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीकाविरुद्ध मैले ३५६/३ धारा अनुसार उजुरी दर्ताको माग गरें’, उजुरीकर्ताले भनेका छन् । उनले शोमा युवतीमाथि भद्धा प्रतिक्रिया दिने आक्षेप लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]