१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन १५, २०७८

काठमाडौं – उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो ।

केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् । उत्तर कोरियाले भने आत्मरक्षाको लागि हतियारको आवश्यकता पर्ने बताएको छ । उसले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप पनि लगाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको परीक्षणले कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले हतियार निर्माणको कार्य नरोकेको देखिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले यो नयाँ एन्टि–एयरक्राफ्ट मिसाइलले निकै राम्रो युद्ध क्षमता प्रदर्शन गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]