१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १६, २०७८

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । ‘बहुसंख्यक फिलिपिनोहरुको भावना म योग्य छैन भन्ने छ ।

मैले उपराष्ट्रपतिको चुनाव लड्नु संविधानको मर्मविपरीत हुन्छ भन्ने उनीहरुलाई लागेको छ,’ दुतार्तेले भने, ‘म राजनीतिबाट सन्यासको घोषणा गर्छु ।’ यसअघि गत अगस्टमा दुतार्तेले उपराष्ट्रपतिमा चुनाव लड्ने घोषणा गरेका थिए । विपक्षी दलहरुले भने दुतार्तेको उपराष्ट्रपति लड्ने योजनाको वैधताप्रति प्रश्न उठाएका थिए । उनीहरुले यो निर्णय संविधानको मर्मविपरीत रहेको बताएका थिए । फिलिपिन्समा एकपटक ६ वर्षको कार्यकाल सकेपछि राष्ट्रपतिले दोस्रोपटक चुनाव लड्न पाउँदैनन् ।

विपक्षीको चर्को दबाबपछि दुतार्तेले आगामी वर्ष हुने उपराष्ट्रपतिको चुनाव नलड्ने र आफ्नो कार्यकाल समाप्तिसँगै राजनीतिबाट सन्यास लिने घोषणा गरे । २०१६ मा निर्वाचित भएका राष्ट्रपति दुतार्तेको कार्यकाल आगामी वर्ष सकिँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]