१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १७, २०७८

काबुल – तालिबान सरकारको समर्थनमा उत्तर काबुलस्थित एक हजारभन्दा बढी अफगान नागरिकहरुले शक्ति प्रदर्शन गरेका छन् । प्रदर्शनमा सबै पुरुष मात्रै छन् ।

आइतबारको उक्त र्‍यालीलाई काबुलको पहाडी क्षेत्र कोहदमनमा तालिबानका उच्च नेताहरुले सम्बोधन गरेका थिए । तालिबानले सत्ता कब्जा गरेपछि सरकारको समर्थनमा पहिलोपटक यसरी आम प्रदर्शन भएको हो ।प्रदर्शनको क्रममा रकेट लन्चरसहितका हतियार र झण्डा बोकेका तालिबान लडाकूहरुले परेड समेत गरेका थिए । प्रदर्शनलाई अत्याधुनिक हतियारसहित ठूलो संख्यामा तालिबान सुरक्षा फौजले पहरा समेत दिएका थिए । प्रदर्शनको क्रममा अमेरिकाविरोधी नारा र गीत संगीतसमेत घन्काइएको थियो । गत बिहीबार पूर्वी काबुलमा महिला अधिकारकर्मीहरुको शान्तिपूर्ण प्रदर्शनलाई तालिबान सरकारका फौजले हवाई फायरिङ गर्दै नियन्त्रणमा लिएका थिए।

अफगानिस्तानमा तालिबान सरकार गठनसँगै महिलाका अधिकार कटौती गरेपछि तालिबान सरकार आलोचित बन्दैआएको छ । विशेषगरी महिलाहरुलाई शिक्षा, पहिरन र सार्वजनिक स्थलमा घुमफिरका लागि तालिबान सरकारले कडा कानुन लागू गरेको छ । जसले गर्दा अधिकारकर्मीहरुले यसको आलोचना गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]