०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २०, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ताइवानको विषयमा छलफल भएको छ । ताइपेई र बेइजिङबीच तनाव चुलिएको बेला उनीहरू ताइवान सम्झौता पालना गर्न सहमत भएको अमेरिकी राष्ट्रपति बाइडनले बताएका छन् ।

“मैले सीसँग ताइवानको बारेमा कुरा गरेको छु । हामी सहमत छौँ… हामी ताइवान सम्झौताअनुसार काम गर्नेछौँ,” उनले भने, “हामीले स्पष्ट पारेका छौँ कि उनले (चिनियाँ राष्ट्रपति सी)ले सम्झौता पालना गर्नुबाहेक अरू केही गरिरहनुपर्छ भन्ने मलाई लाग्दैन ।” बाइडनले लामो समयदेखि रहेको वासिङ्टनको ‘एक चीन नीति’लाई अपनाएको देखिन्छ, जसले आधिकारिक रूपमा बेइजिङलाई मान्यता दिन्छ न कि ताइपेइलाई । र, ताइवान रिलेसन्स एक्टले ताइवानको सट्टा बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने अमेरिकी निर्णयलाई स्पष्ट पार्छ । जसले शान्तिपूर्ण माध्यमबाट ताइवानको भविष्य निर्धारण होस् भन्ने चाहन्छ । चीनले ताइवानलाई आफ्नै भूभागको रूपमा दाबी गर्छ, जसलाई आवश्यक परे बल प्रयोग गरी कब्जा गरिनेछ । तर, ताइवानले भने आफूलाई एक स्वतन्त्र देश भएको र तनावको लागि चीनलाई जिम्मेवार देखाउँदै आफ्नो स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्ने बताइन्छ ।

ताइवानले गएको शुक्रबारदेखि यताका चार दिनमा उसको एयर डिफेन्स जोनमा १४८ चिनियाँ एयर फोर्स विमान उडेको जनाएको छ अमेरिकाले ताइवाननजिक सैन्य क्रियाकलापहरू रोक्न चीनलाई आइतबार आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]