काठमाडौँ – कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गरिएकोमा पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनीनिकट विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए ।
‘कोरोना संक्रमण पोजिटिभ देखिएको छ । तर, अहिले उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ,’ उनले भने ।
आसन्न महाधिवेशनको क्रियाशील सदस्यता छानबिन समितिको सदस्य रहेका पौडेल सदस्यताको टुंगो लगाउने कार्यमा क्रियाशील थिए । कांग्रेसकै महामन्त्री पूर्णबहादुर खड्का पनि काेरोना संक्रमणपछि उपचाररत छन् ।