१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन २२, २०७८

काठमाडौं – अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ। पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ।

यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। के कारणले पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किन पुग्यो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ।ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान परेड गरिरहेका बेला यो घटना बाहिर आएको हो। अमेरिकी नौसनाका प्रवक्ताले ठोक्किएको जहाज अमेरिकी रक्षा क्षेत्रतर्फ अघि बढिसकेको बताएका छन्। घटनापछि पनडुब्बीमा कुनै ठूलो क्षति नभएको र आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको ती प्रवक्ताले बताएका छन्। अमेरिकी सैनिकको यूएसएस कनेक्टिकट संसारकै सबैभन्दा बढी विवादित मानिने क्षेत्रमा परिचालित छ।

चीनले आसपासका अधिकांश समुद्री क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएको छ। तर चीनका छिमेकी र अमेरिकाले चीनको दाबीलाई अस्वीकार गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]