०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २४, २०७८

एजेन्सी – पाकिस्तानका आणविक वैज्ञानिक डा अब्दुल कादीर खानको आइतवार बिहान मृत्यु भएको छ ।

८५ वर्षका खानको स्वास्थ्य बिग्रेपछि इस्लामाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए ।सन् १९९८ मा भारतले आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौंदेखि मेहनत गरेका थिए ।

त्यस परीक्षणपछि खान रातारात पाकिस्तानका नायक भएका थिए । उनलाई मोहसिन ए पाकिस्तान भनी उच्च सम्मान दिइएको थियो । उक्त परीक्षणपछि पाकिस्तान मुस्लिम विश्वको एक्लो आणविक शक्ति बनेको थियो ।

खानले आणविक बम बनाउने प्रविधि नेदरल्यान्ड्सको एम्स्टर्ड्यामबाट सेन्ट्रीफ्युज प्रविधि चोरेको आरोप लागेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]