१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २४, २०७८

काठमाडौँ – गत महिना रियल म्याड्रिडले किलियान एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गर्‍यो । रियलले राखेको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तुरुन्तै इन्कार गर्‍यो ।

रियलतर्फका स्थान्तरण सफल हुन नसके पनि एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गरिहालेका छैनन् । एमबाप्पे जारी सिजनको अन्त्यमा ‘फ्रि–एजेन्ट’ हुँदैछन् ।यस्तोमा रियलले आउँदो ‘समर ट्रान्सफर विन्डो’मा एमबाप्पेलाई स्थान्तरण रकम नतिरी अनुबन्ध गर्ने सम्भावना बलियो छ । यद्यपि पीएसजीले एमबाप्पेलाई सम्झौता नवीकरणका लागि मनाउने भरमग्दुर प्रयास गरिरहेको छ । विश्वकप विजेता युवा फरवार्ड एमबाप्पेका लागि दुई धनी क्लबबीचको लडाइँ सजिलै अन्त्य हुने देखिएको छैन यसैबीच पीएसजीका निर्देशक लियोनार्दोले रियलप्रति आक्रोश पोखेका छन् । पीएसजीको अनुमति नलिकनै रियलले एमबाप्पेलाई सम्पर्क गरेको र सम्भावित स्थान्तरणका लागि छलफल गरेको आरोप लियोनार्दोले लगाएका छन् । यसरी गैर कानुनी कार्य गरेकोमा रियललाई कारबाही गरिनुपर्ने माग पनि लियोनार्दोले राखेका छन् ।

‘रियल एमबाप्पेलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्न चाहन्छ । उसले खुल्लमखुल्ला एमबाप्पेलाई सम्पर्र्क र छलफल गर्ने कार्य गरिरहेको छ । पछिल्लो दुई वर्षदेखि उसले यस्तो गरिरहेको छ । यसो गरेवापत रियललाई कारबाही गरिनु पर्छ । रियलका प्रशिक्षक तथा खेलाडीले पनि एमबाप्पेबारे कुरा गरिरहेका छन् । यो पीएसजीप्रतिको अनादर हो,’ लियोनार्दोले भनेका छन् । उनले पटक पटक रियलप्रति आक्रोश पोख्दै आएका छन् । रियलका कप्तान करिम बेन्जेमा, टोनी क्रुस लगायतका खेलाडीहरूले एमबाप्पेका विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्दै आइरहेका छन् । फ्रान्सका बेन्जेमाले त एमबाप्पे कुनै न कुनै दिन रियलको खेलाडी हुने अभिव्यक्ति दिएको थिए । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले त आगामी जनवरीमा एमबाप्पे रियलसँग आबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

एम्बाप्पेलाई आफ्नो बनाउन रियलले निरन्तर प्रयास गरिरहे पनि उता पीएसजीले युवा फरवार्डलाई पेरिसमै राख्‍ने आशा मारिसकेको छैन । हालै एमबाप्पेकी आमाले पनि सम्झौता नवीकरणका लागि पीएसजीसँगको छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]