०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २४, २०७८

खलंगा – सल्यानमा मानसिक रोगका विरामी बढ्दै गएको पाइएको छ। पछिल्लो समय फैलिएको कोरोना भाइरसको संक्रमणले झनै मानसिक रोगीको संख्या बढेको देखिएको हो।

सल्यान जिल्ला अस्पतालका अनुसार दैनिक १५ देखि २० प्रतिशत बिरामीमा कुनै न कुनै किसिमको मानसिक रोग देखिने गरेको छ। कोरोना भाइरस, मादक पदार्थ सेवन, महिला हिंसा, घरेलु हिंसा, वैदेशिक रोजगारी लगायतका कारण जिल्लाका मानसिक बिरामी हुने गरेको अस्पतालका डा. प्रदीप शर्माले बताए। सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको उनको भनाइ छ। सहरीकरणसँगै बढेको महत्वाकांक्षा पूरा नहुनु, व्यवसायमा असफलता, पारिवारिक बेमेल, लगायतका कारण मानसिक समस्या दिन प्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए। मानसिक समस्याका कारण आत्महत्या, हत्या तथा आपराधिक क्रियाकलाप समेत बढेको थापाको भनाइ छ।

स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने, औषधि र मनोपरामर्श सेवा लिएमा यसलाई केही कम गर्न सकिने उनले बताए। मानसिक रोगलाई सामान्य रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको सल्लाहअनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ छ। मानसिक रोग एकपटक लागेपछि पुनः दोहोरिने भएकाले घरपरिवार, समाजले परामर्श दिन आवश्यक रहेको सिएमी नेपालका मनोपरामर्शदाता लोकबहादुर विकले बताए। विकले दैनिक जीवनमा आउने कठिनाइ सामना गर्ने क्षमताको कमी र उनीहरूमा सकारात्मक मनोपरामर्शको अभाव देखिएको बताए।

परिवारका कुनै सदस्यलाई मानसिक रोग लागेमा परिवारका अन्य सदस्यले लुकाएर राख्ने र अरूलाई भन्नु हुँदैन लाज हुन्छ भन्ने मान्यताले पनि मानसिक रोगीको संख्या बढ्दै गएको उनको भनाइ छ। मानसिक तनाव, बहुविवाह, आत्मग्लानि, महत्वाकांक्षा र गरिबीका कारण वर्षेनि मानसिक रोगीको संख्या बढेको विकको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]