०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ३१, २०७८

विराटनगर – प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म २०८८ जनाको मृत्यु भएको छ ।

पहिलो लहरको तुलनामा दोश्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । पहिलो लहरमा ४६६ जनाले ज्यान गुमाएका थिए भने दोश्रो लहरको शनिबार सम्ममा १ हजार ६२२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मृत्यु हुनेमा ७०६ महिला र १ हजार ३८२ पुरुष रहेका छन् । २०८८ जना मृत्यु भएका मध्ये १५३ जना प्रदेश १ बाहिरका छन् ।मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशी अनुसार मोरङमा ५३९, सुनसरीमा ५२५, झापामा ५२१, इलाममा ११०, उदयपुरमा ६१, पाँचथर र धनकुटामा ४५–४५, संखुवासभा र तेहृथुममा २१–२१, ताप्लेजुङमा १४, भोजपुरमा १३, ओखलढुङ्गामा ११, सोलुखुम्वुमा ५ र खोटाङमा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उमेर समूह अनुसार १० वर्ष सम्मका ५ बालबालिकाको मृत्यु भएको छ । ११–२० वर्ष उमेर समूहका २०, २१–३० का ८३, ३१–४० का २३२, ४१–५० का ३३६, ५१–६० का ४३१, ६१–७० का ४६९ र ७१ देखि माथिका ५०८ जनाले ज्यान गुमाएका छन् । जनस्वास्थ्य अधिकृत राजवंशीका अनुसार मृत्यु भएका मध्ये ४ जनाको उमेर समूह खुलेको छैन । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा शनिबार सम्म पीसीआर र एन्टिजेन दुवै गरि ६ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमण दरमा कमी नआउँदै स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुको संख्या बढेको जनस्वास्थ्यकर्मीहरु बताउँछन् । परीक्षण दर कम भएका दिन संख्या घट्छ, परीक्षण बढेका दिन संक्रमित बढ्ने गरेको देखिएको जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठ बताउँछन् । संक्रमण दरमा कमी नआउँदै स्वास्थ्य मापदण्ड पालना नगरेको देखिएको उनले बताए । उनले भने,‘ कोरोनाको जोखिम कायमै छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]