०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ३१, २०७८

काठमाडौं – भारतमा लगातार पेट्रोलियम पदार्थको भाउ बढेको छ । सरकारी तेल कम्पनीले आइतबार लगातार तेस्रो दिन तेलको भाउ बढाएको हो । जबकि १७ दिनको अवधिमा १४ पटक भाउ बढिसकेको छ ।

दिल्लीमा पेट्रोलको मूल्य १०५.८४ भारु पुगेको छ । त्यस्तै डिजेलको मूल्य ९४.५७ भारु पुगेको छ । आइतबार मात्रै त्यहाँ ३५ पैसा वृद्धि भएको छ । १७ दिनको अवधिमा मात्रै दिल्लीमा पेट्रोलमा ४.२० रुपैयाँ र डिजेलमा ४.७० रुपैयाँ बढेको छ । सन् २०२१ मा मात्रै अहिलेसम्म पेट्रोलमा २१.८७ तथा डिजेलमा २०.४५ रुपैयाँ बढिसकेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । कच्चा तेलको भाउ ८४ डलर प्रति ब्यारेल पुगिसकेको छ । भारतका ३१ राज्यमा पेट्रोल र १३ राज्यमा डिजलको भाउ १०० भारु भन्दा माथि पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]