०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०१, २०७८

फेसबुकले नयाँ डिजिटल प्लेटफर्म ‘मेटाभर्स’ विकासको लागि युरोपेली संघ (ईयू)मा १० हजार कर्मचारी राख्ने भएको छ। मेटाभर्स एक डिजिटल दुनियाँ हो, जहाँ भर्चुअल वातावरणमा भीआर हेडसेटको प्रयोग गरेर गेम खेल्ने, काम गर्ने र एकअर्कामा जोडिन सकिन्छ।

बीबीसीका अनुसार फेसबुकका सीईओ मार्क जुकरवर्गले यो योजनाको पक्षमा वकालत गर्दै आएका छन्। अहिले फेसबुक विभिन्न मुद्दा र नियमन बढाउनुपर्ने दबाब सामना गरिरहेको फेसबुकले नयाँ योजना ल्याएको हो। फेसबुकले ब्लगपोस्टमार्फत भनेको छ, ‘मेटाभर्सले आंशिकरुपमा नयाँ प्रतिभा, सामाजिक र आर्थिक अवसरमा पहुँचको लागि सहयोग गर्न सक्छ। युरोपका मानिसले यसलाई सुरुवातबाट सही लयमा ल्याउनेछन्।’ अहिले गरिएको घोषणा अनुसार कर्मचारी भर्तीको काम अबको पाँच वर्षमा पूरा हुनेछ।

यो टोलीमा पूर्ण दक्ष विशेषज्ञ इन्जिनियर राखिनेछन्। फेसबुकले ईयूमा लगानी गर्दा ठूलो उपभोक्ता बजारको पहुँच, दक्षा जनशक्तिलगायतको फाइदा हुन सक्ने बताएको छ। फेसबुकले मेटाभर्सको योजनालाई सबैभन्दा प्राथमिकताको सूचीमा राखेको छ। फेसबुकले मेटाभर्स एक दिनमा एउटा कम्पनीले विकास गर्न नसक्ने भएकाले अन्य कम्पनीसँग यसबारे सहकार्य गर्ने बताएको छ। फेसबुकले हालै मात्र मेटाभर्समा लगानीको लागि गैर नाफामूलक समूहमा पाँच करोड डलर लगानी गरेको छ। यद्यपि वास्तविक मेटाभर्सको योजनाले मूर्तरुप पाउन अझै १० देखि १५ वर्ष लाग्न सक्छ।

आलोचकले भने फेसबुकले आफ्नो प्रतिष्ठा बढाउन र विभिन्न मुद्दाबाट मानिसहरुको ध्यान हटाउन नयाँ योजना ल्याएको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]