नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४८ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
कात्तिक ३ गते भेरीमा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि ५ गते भर्ना गरिएको थियो । उनको मंगलबार बिहान ७ः५० बजे मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संखया ३ सय ३८ पुगेको छ ।