१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

एजेन्सी – लन्डन क्लब चेल्सी र आर्सनल काराबवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी सफल भयो । पेनाल्टीमा चेल्सीका मार्काेस अलन्सो, कलुम हड्सन ओडोई, बेन चिलवेल र जेम्स रिसले गोल गरे । मासन माउन्टले गोल गर्न सकेनन् । साउथह्याम्पटनका एडम आम्सट्रङ, शेन लङ र ओरिओल रोमेउले गोल गरे । थियो वालकोट र स्मलबोनले गोल गर्न सकेनन् । त्यसअघि स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीले खेलको ४४औं मिनेटमा काई हाभर्टजको गोलबाट अग्रता लिएको थियो । ४७औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै अर्काे खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । आर्सनलको जितमा कलुम चाम्बर्स र एडी एनकेटियाले एक एक गोल गरे । इमिरेट्स स्टेडियममा खेलको ५५औं मिनेटमा चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए । ६९औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए । अर्काे खेलमा सन्डरल्यान्डले क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको छ । निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा सन्डरल्यान्डका आइडेन म्याक गेडे, रोस स्टेवार्ट र एलेक्स प्रिटचार्टले गोल गरे ।

क्युपिआरका लेन्डन डेकेसले गोल गर्दा चार्ली अस्टिन, इलियस चेयर र योएन बार्वेटले गोल गर्न सकेनन् । कारवाओ कपमा बुधबार राति प्रि–क्वाटरफाइनलका ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]