१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

वासिंगटन – अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो ।

रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।कम्पनीमार्फत चीनले अमेरिकाबिरुद्ध गुप्तचरी र अन्य हानीकारक गतिविधि गरेको पनि उनीहरुले आरोप लगाएका छन् ।चाइना टेलिकमले अमेरिकामा झन्डै २० वर्षदेखि सेबा दिँदै आएको छ । अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्य भनेको छ ।अमेरिकाले लाईसेन्स रद्द गरे पनि आफ्ना सेवा दिने चाइना टेलिकमले जनाएको छ ।

‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौ,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो । यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा उपलब्ध गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]