सप्तरी – नेपाली बजारमा सुनको भाउ पुनः बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एकैपटक ६०० रुपैयाँ घटेर कारोबार भएको सुनको भाउ बिहीबार पुनः ४०० रुपैयाँ बढेको हो ।
बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार भने ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार ९०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।
यता, चाँदीको भाउ भने स्थिर देखिएको छ । यो चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।