सप्तरी – सामाजिक सञ्जाल फेसबुक कम्पनिको नाम फेरिएको छ । अब फेसबुकको नाम मेटा भएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन्।
शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब फेसबुक नभई मेटा रहने घोषणा गरेका हुन् ।लामो समयदेखि फेसबुकको रिब्राण्ड गर्ने चर्चा चलेको थियो। सोहीअनुसार अब फेसबुकको नाम परिवर्तन भएको छ । यद्यपी यो कम्पनीको स्वामित्वमा रहेका फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम भने यथावत रहने छ ।
जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा छैनन् । उनी मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागिपरेका थिए । भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन् । जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताए ।