१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – सप्तरीको रुपनी गाँउपालिका वडा नम्वर १ को वडा अध्यक्ष पिताम्बर यादवको अाजबाट पुनःपद पुर्नबहाली भएको छ ।

२०७५ मसिंर २१ गते उच्च अदालत राजविराज जनकपुर इसजलाले उहाँलाई पुरानो मुद्दामा भ्रष्टाचार ठहर भएको सुनाएको थियो । वडा अध्यक्षमा निर्वाचित हुनुअधि जिल्ला शिक्षा कार्यालय उदायपुरमा सव–इन्जिनियको पदमा कार्यरत रहाँ भ्रष्टारको मुद्दा लागेको थियो । उहाँलाई सो मुद्दा लागेपछि आफनो १० वर्षे जागिर अवधिबाट राजिनामा दिई तत्कालीन राजपा बाट वडा अध्यक्षका पदमा उमेदबारी दिए पश्चात निर्वाचित भएका थिए ।

निर्वाचित भई सके पछि सोही मुद्दालाई लिएर केही स्थानीयहरुले भ्रटाचारीको मुद्दा लागेको व्यक्तिलाई वडा अध्यक्षपदमा बसन नपाउने भन्दै उच्च अदालत राजविराज जनकपुर इजिलासमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा उहाँलाई २०७५ मसिंर २१ गते वडा अध्यक्ष पदवाट निलम्बन गरेको थियो ।
त्यस पश्चात अध्यक्ष यादवले उच्च अदालतमा मुद्दा दोहरियाई पाँउ भनी निवेदन दिएकोमा सवौच्चले २०७७ मसिंर ७ गते भ्रष्टाचारी सम्बन्धी मुद्दा कार्बाहीको क्रममा रहेको भन्दै भ्रष्टाचार मुद्दा समेतमा ठहरे बमोजिम कार्बाहि हुने नै हँदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्ने रोक नलगाउनु, रोकलगाउन नदिनुहोल भनी रुपनी गाँउपालिकाको नाउँमा मुलुकी देबानी कार्यविधि सहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको हो ।

यसै बिच सोही आदेशलाई अधार मानी आज रुपनी गाँउपालिका वडा न.१ को कार्यालयामा आयोजित एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष हरेराम यादवले वडाअध्यक्ष पिताम्बर यादवलाई आजै बाट कामकाज गर्ने गरी पुर्नबहाली भएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिती सप्तरीका प्रमुख प्रभाकर यादव मनाेजको प्रमुख आतिथ्यमा अायाेजित साे कार्यक्रममा राजविराज नगरपालिकाका अध्यक्ष शम्भु कुमार यादव, जसपाका केन्द्री सदस्य दिनेश कुमार यादव, नेकपाका नेता दुर्गानन्द ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका श्यामसुन्दर यादव लागायत दजर्नौ स्थानीयबासिहरुले फुलको माला र अबिर लगाइ स्वागत समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]