११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक १३, २०७८

एजेन्सी – अफगानिस्तानबाट उद्धार भई शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भई नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरू अनौपचारिक रूपले वैदेशिक रोजगारीका लागि स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित विभिन्न स्थानमा ससाना समूहमा छरिएर रहेका थिए। उनीहरूलाई एउटै समूहमा आबद्ध गरी बस्नेखाने सुविधासहित सुरक्षित रूपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आइडिजी कम्पनीमार्फत गरिएको थियो।
अफगानिस्तानमा अब संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरूमा अतिआवश्यक कार्यहरूमा संलग्न केही नेपालीहरू मात्र रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघका निकायहरूले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउँदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरूको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षित रूपमा नेपाल फर्कन प्रबन्ध मिलाइने जानकारी दिएको मन्त्रालयले बताएको छ।

नागरिकलाई स्वदेश फिर्ता गर्ने कार्यमा समन्वयका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा गठित अन्तरनिकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षबाट प्रभावकारी समन्वय एवं सहजीकरण भएको पनि मन्त्रालयले जनाएको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा एक टोली गठन गरी उद्धार तथा स्वदेश फिर्ती कार्यको सहजीकरण र समन्वय गरिएको थियो । उद्धार र स्वदेश फिर्तिका क्रममा कतार, कुवेत, युएई, पाकिस्तान,लन्डन,वासिङ्न डिसी र न्यूयोर्कस्थित नेपाली नियोगहरू पनि परिचालन गरिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]