०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १७, २०७८

सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ ।

वायुसेवा कम्पनीले हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँसम्म वृद्धि गरेका छन् । अब काठमाडौंबाट धनगढी उड्ने यात्रुले उक्त शूल्क बढी तिर्नु पर्नेछ । सबैभन्दा कम काठमाडौंबाट सिमरा उड्ने यात्रुले तिर्नुपर्छ । यो रुटका लागि इन्धनको चार्ज ९५ रुपैयाँ बढी लाग्ने छ । सरकारले इन्धनको मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो ।

वायुसेवा कम्पनीले समेत सोही दरमा हवाई भाडामा इन्धनको शूल्क वृद्धि गरेका हुन् । बढेको शूल्कलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ । हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँ बढी पर्छ । भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी लाग्ने छ । काठमाडौंबाट नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ बढी लाग्ने छ । पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]