०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १९, २०७८

सप्तरी – आज यम पञ्चक अर्थात तिहारको चौथो दिन । हिन्दु धर्मावलम्बीहरुले गाईको गोबरबाट बनाएको गोवर्धन पर्वतको प्रतिमा तथा गाई, गोरुलाई पूजाआजा गरी ‘गोवर्धन पूजा’ मनाउँदैछ सम्पन्न भएकाे छ ।

गोठ सरसफाई तथा लिपपोत गरी गोबरबाट बनाएको पर्वतलाई गोवर्धन पर्वत मानी पूजाआजा गर्ने परम्परा रहेकाे छ । द्वापर युगमा भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलवासीलाई मुसलधारे वर्षाले निम्तिएको महाविपत्तिबाट बचाउन गोवर्धन पर्वतलाई उचाली त्यसमुनी उनीहरुलाई ओत लगाएर बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको हो ।

भगवान श्रीकृष्णसँग आजको दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति दुख प्रकट गरेको र माफी मागेको श्रीमद्भागवत गीतामा उल्लेख छ ।

आजकै दिन वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरु र दुध खुवाउँने गाईलाई पूजाआजा गरी पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी लगायत मीठामीठा परिकार खुवाइने प्रचलन छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व बारे विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजाआज गरी आजको दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]